धुलिखेल / जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ७१ औं प्रहरी दिवसको अबसर पारेर अमर प्रहरीका परिवारजन र उत्कृष्ट प्रहरी कर्मचारी सम्मानित गरेको छ । कर्तव्य पालनाको सिलसिलामा अमर भएका प्रहरी कर्मचारीका परिवारजनलाई प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले दोसल्ला ओढाएर सम्मानित गरेका हुन् ।
अमर प्रहरी नायब निरिक्षक देबकुमार खरेलका बुबा केशब खरेल, अमर प्रहरी सहायक निरिक्षक हरि बहादुर शाहीका दाई राजकुमार शाही, अमर प्रहरी हबल्दार होम थपलियाकी श्रीमती राममाया थपलिया, अमर प्रहरी हबल्दार गणेश प्रसाद मैनालीकी छोरी रोजिना मैनाली, अमर प्रहरी हबल्दार रामचन्द्र के.सी.की श्रीमती मुना के.सी., तथा अमर प्रहरी हबल्दार ऋषि धितालको भाइ प्रलाद धिताललाई सम्मान प्रदान गरिएको छ । अमर प्रहरी जबान टोपलाल बाडाकी श्रीमती गोमादेवी बाडा, अमर प्रहरी जबान टिकाराम त्रिपाठीकी श्रीमती उर्मिला मैनाली त्रिपाठी, अमर प्रहरी जबान ज्ञानुजंग थापाका भाई सुमन जंग थापा, अमर प्रहरी जबान हरि सुन्दर थापाका छोरा इन्द्र बहादुर थापा र अमर प्रहरी जबान सुदर्शन बास्ताकोटीका बुबा यदुनाथ बास्ताकोटी लगायतका आफन्त तथा परिवारका सदस्यहरूलाई सम्मान प्रदान गरिएको थियो ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र मातहतका कार्यालयहरूमा कार्यरत १६ जना उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई प्रमुख जिल्ला अधिकारी अधिकारीले पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए । पुरस्कृत हुने उत्कृष्ट प्रहरी कर्मचारीहरूमा इलाका प्रहरी कार्यालय बनेपाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापा, प्रहरी चौकी तालढुंगाका प्रहरी सहायक निरीक्षक सम्भु राय यादव, प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक गौरीशंकर प्रसाद यादव, प्रहरी चौकी पोखरीनारायणस्थानका प्रहरी सहायक निरीक्षक बाल मुखि प्रसाद यादव र इलाका प्रहरी कार्यालय गोकुलेका प्रहरी सहायक निरीक्षक सत्यन्द्र कुमार सिंह छन् । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी हवल्दार उर्मिला श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी सहायक हवल्दार कृष्ण प्रसाद रिमाल, अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका प्रहरी सहायक हवल्दार भुपेन्द्र ढकाल, र इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी सहायक हवल्दार भिम बहादुर रावल पुरस्कृत भएका छन् । यस्तै, प्रहरी जवानहरू मोहन बहादुर गरुङ (इलाका प्रहरी कार्यालय बनेपा), मनोज हायु (इलाका प्रहरी कार्यालय मंगलटार), बिक्रम मिजार (जिल्ला प्रहरी कार्यालय काभ्रे), ओम कुमार तामाङ (प्रहरी चौकी कटुञ्जेबेशी), र रमेश तामाङ (प्रहरी चौकी पाँचखाल) तथा जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत कार्यालय सहयोगीद्वय जित बहादुर सिजाली मगर र पुर्ण बहादुर राईलाई पनि उत्कृष्ट कार्यसम्पादनबापत पुरस्कार प्रदान गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले प्रहरीले देश र जनताको सुरक्षामा गरेकाे योगदान, त्याग र बलिदानको स्मरण गर्ने दिनका रूपमा प्रहरी दिवसको विशेष महत्व रहेको बताए । प्रहरीको भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार आएको चर्चा गर्दै श्रोतहरुको सिमितताका बाबजुद प्रहरीले सेवा दिइरहेको उल्लेख गरे । उनले नागरिकले समस्या पर्दा नजिकै प्रहरी खोज्नु त्यो अपेक्षा प्रहरीप्रतिको विश्वास भएको चर्चा गर्दै आसन्न चाडबाडमा सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, जुवातास नियन्त्रण तथा मादक पदार्थ सेवन (मापसे) नियन्त्रणजस्ता जिम्मेवारीलाई प्रहरीले कुशलतापूर्वक निभाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र नागरिक सेवा प्रवाहमा प्रहरीले कुनै कसर बाँकी नराखेको स्पष्ट पारे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक रविन विष्टले ७१ औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शुभकामना सन्देश वाचन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस