‘बाँस्कोटा लक्षित आक्रमणको सूचना पहिल्यै थियो प्रहरीलाई’

नौलो समाचार संवाददाता
२०७६ फागुन २८, बुधबार मा प्रकाशित ५०७ पटक पढिएको

‘बाँस्कोटा लक्षित आक्रमणको सूचना पहिल्यै थियो प्रहरीलाई’

फागुन २८, काठमाडौँ – सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा कमिसनको मोलतोल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि राजीनामा दिएका मन्त्री गोकुल बाँस्कोटा लक्षित आक्रमण हुन सक्ने सूचना प्रहरीले त्यतिबेलै पाएको थियो जतिबेला उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

मध्यपुर ठिमी नगरपालिका १ मनहरामा बाँस्कोटाको घरको सुरक्षाका लागि मंगलबारसम्म पनि केही प्रहरीहरु त्यहाँ खटाइएको थियो ।

 

तर बुधबार बिहान उज्यालो भइसकेपछि बाँस्कोटाको घरको कम्पाउण्डमा शक्तिशाली विष्फोट भयो। आक्रमण हुन सक्ने सूचना पाइसकेको प्रहरीले त्यसलाई रोक्न किन सकेन रु प्रश्न खडा भएको छ ।

 

स्रोतका अनुसार बास्कोटा प्रकरणलगत्तै प्रहरीको प्रति आतङ्कवाद हेर्ने विषेश ब्युरोले सबै प्रहरी यूनिटलाई उनीविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गर्न सक्ने लिखित सर्कुलर नै जारी गरेको थियो।

 

विष्फोटबाट बाँस्कोटाको घरसँगै आसपासका केही घरहरुमा पनि क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो घटनाले राजधानीको सुरक्षा व्यवस्थापनमा प्रहरीमाथि गम्भीर चुनौती खडा गरेको छ । घटनाको जिम्मेबारी अहिलेसम्म कसैले लिएको छैन ।


प्रतिक्रिया दिनुहोस