राजेश हमाललाई निखिलको ‘आयो भैरव’बाट अफर

नौलो समाचार संवाददाता
२०७६ फागुन २९, बिहिबार मा प्रकाशित ७६६ पटक पढिएको

राजेश हमाललाई निखिलको ‘आयो भैरव’बाट अफर

फागुन २९, काठमाण्डौ । नायक राजेश हमालले पर्दामा फर्किने सुरसार गरेका छैनन् । उनले आफै चलचित्र निर्देशन गर्ने चर्चा चलेपनि अझै यो कामले मुर्त रुप भने पाएको छैन । हमालले चलचित्र निर्देशन कहिले गर्छन् भन्ने पनि पक्का छैन । तर, उनलाई चलचित्रको अफर भने कम भएको छैन ।

नायक हमालले चलचित्र ‘बागमती’मा काम गरेपछि चर्को आलोचना भोगे । यसपछि हमालले चलचित्रमा काम गर्न त्यती रुची देखाएका छैनन् । बरु, उनी राम्रो कथाको प्रतिक्षामा रहेको वुझिएको छ ।

हमाललाई पछिल्लो समय चलचित्रको अफर खुबै आइरहेको छ । तर, उनले कथा पढेपछि काम गर्ने मनसाय नबनाएको वुझिएको छ । यसैविच, नायक निखिल उप्रेतीले आफैले निर्देशन तथा अभिनय गर्ने तयारी गरेको चलचित्र ‘आयो भैरव’को बिषयमा पनि हमालसँग कुराकानी गरेका छन् । निखिल र हमालले लामै समय भेटेर यो चलचित्रको बिषयमा कुराकानी गरेका छन् ।

हमालसँगको कुराकानी अगाडि बढेपनि उनले चलचित्र गर्ने वा नगर्ने पक्का भएको छैन । निखिलको चलचित्रमा हमालको भूमिका पनि सशक्त रहेको वुझिएको छ ।

नायक निखिल उप्रेती पनि केही समयको अन्तरालपछि बलियो चलचित्र लिएर दर्शकमाझ आउन चाहन्छन् । चलचित्रमा राजेश हमाल पनि हुँदा उनको चलचित्र बलियो बन्ने कुरामा त दुइमत छैन । तर, हमाललाई पहिलेको जस्तो मनाउन अहिले भने सजिलो छैन ।


प्रतिक्रिया दिनुहोस