चीनको वुहान क्षेत्रमा कोरोना संक्रमित शुन्य, इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७६ चैत्र ६, बिहिबार मा प्रकाशित १११० पटक पढिएको

चीनको वुहान क्षेत्रमा कोरोना संक्रमित शुन्य, इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

चैत ६, काठमाडौं । चीनको वुहान क्षेत्रमा हिजो (बुधबार) कोरोनाभाइरसका कुनै पनि संक्रमित फेला नपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको सबैभन्दा बढी जोखिम रहेको भनिएको चीनमा पछिल्लोपटक ३४ जना नयाँ संक्रमित फेला परेको भए पनि ती सबै बाहिरबाट आएका संक्रमित थिए ।

चीनले कोरोनाविरुद्धको लडाइँमा सफलता मिलेको बताएको छ ।

पछिल्लो समयमा चीनमा कोरोनाभाइरसका कारण आठजनाको ज्यान गएको थियो । तर नयाँ संक्रमित नरहेको सीएनएनले जनाएको छ ।

बीबीसीमा प्रकाशित समाचारअनुसार इटलीमा एकैदिनमा कोरोनाभाइरसका कारण ४७५ जनाको ज्यान गएको छ ।

इटलीमा यो महामारीकै रुपमा फैलिएको बताइएको छ ।

अहिलेसम्म त्यहाँ ३५ हजार बढीलाई कोरोना संक्रमण देखिएको छ ।

इटलीमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीनहजार हाराहारीमा पुगेको बीबीसीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस