राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

नौलो समाचार संवाददाता
२०७६ चैत्र ७, शुक्रबार मा प्रकाशित ५८९ पटक पढिएको

राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

चैत ७, काठमाण्डौ । कोरोना भाइरसको सम्भावित जोखिमको खतराका कारण राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ ।

आज शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो ।

यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न २५ जना भन्दा धेरै मानिस भेला नहुन बुधबार निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस