‘बले’ र जुनाको ‘छड्के बुलाकी’ गीतको भिडियो सार्वजनिक

नौलो समाचार संवाददाता
२०७६ चैत्र ८, शनिबार मा प्रकाशित ५४५ पटक पढिएको

‘बले’ र जुनाको ‘छड्के बुलाकी’ गीतको भिडियो सार्वजनिक

चैत ८, काठमाण्डौ । गायक रन लामाको आवाजमा ‘छड्के बुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राइको मोडलिङ हेर्न सकिन्छ ।

भिडियोमा मौसम हिमालीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन, अनील के मानन्धरको छायांकनछ । भिडियोको निर्देशन सर्जुन राइले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस