कोरोना भाइरस रोकथाम गर्न साउदीमा देशभर कर्फ्यु

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित ६१२ पटक पढिएको

कोरोना भाइरस रोकथाम गर्न साउदीमा देशभर कर्फ्यु

चैत १०, एजेन्सी । कोरोना भाइरस रोकथाम तथा गर्न साउदी अरेबियाले देशभर कर्फ्यु लगाएको छ । साउदीका राजा सलमान बिन अल साउदले आज सोमबारदेखि देश भर कर्फ्यु लगाउने घोषणा गरेका हुन् ।

उनले २१ दिनसम्मको लागि हरेक दिन बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको घोषणा गरेका हुन् ।

साउदीमा हालसम्म ५ सय ११ जनामा संक्रमण देखिएको छ । देशले अहिले भाइरसको साथ साथ तेलको घट्दो मूल्यको समेत सामना गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस