कोरोनाका कारण जिम्बाब्वेका ३० वर्षीय टिभी पत्रकारको ज्यान गयो

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ८५६ पटक पढिएको
कोरोनाका कारण जिम्बाब्वेका ३० वर्षीय टिभी पत्रकारको ज्यान गयो

चैत ११, काठमाण्डौ । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको छ । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको र सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

ती पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो ।

ज्यान गुमाउने माकम्बाका साथी बिम्बई मुथिनहिरीले भनेकी छिन्, ‘उनि मेरो भाइ जस्तै थिए र अफ्रिकाको आउँदो पुस्ताको बारेमा खुब ध्यान दिन्थे, तर हामीले उनलाई गुमाएका छौँ ।’ अनुसार सर्वसाधरणले संक्रामक रोग ऐन २०२० अनुसार जारी गरिएको आदेशको अवज्ञा गरेपछि कर्फ्यू नै लगाउनु पर्ने अवस्था सिर्जना भएको हो।

बिहान १० बजेसम्म चार जिल्लाले कर्फ्युको आदेश जारी गरेका छन्। कैलाली, कञ्चनपुर, डडेलधुरा, गुल्मीलगायतका जिल्लाले कर्फ्यू आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३० अनुसार निषेधाज्ञा जारी गरेका छन्। कर्फ्यू जारी गरेपछि प्रशासनलाई सर्वसाधरणको दैनिकी नियन्त्रण गर्न बढी बल प्रयोग गर्ने अधिकार प्राप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस