यशुका अनुयायीलाई कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित १०५८ पटक पढिएको
यशुका अनुयायीलाई कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

चैत ११, पोखरा । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए । अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस