नमोबुद्ध नगरपालिकामा लैंगिक हिंसाको क्षेत्रमा विगत पाँच वर्षको अवस्था र काम कारबाहीबारे वडास्तरीय छलफल हुने

नौलो समाचार संवाददाता
२०८३ मंसिर १०, बिहिबार मा प्रकाशित ८९ पटक पढिएको

नमोबुद्ध नगरपालिकामा लैंगिक हिंसाको क्षेत्रमा विगत पाँच वर्षको अवस्था र काम कारबाहीबारे वडास्तरीय छलफल हुने

नमोबुद्ध / लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत नमोबुद्ध नगरपालिकाले विगत पाँच वर्षको अवधिमा भएका काम कारबाही तथा हिंसाको अवस्थाका विषयमा वडास्तरीय छलफल कार्यक्रम आयोजना गर्ने भएको छ । नगरपालिकाका सबै ११ वटै वडामा फरक–फरक मिति र स्थानमा कार्यक्रम सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरिएको हो ।

छलफलमा वडाध्यक्ष, महिला सदस्य, प्रधानाध्यापक, कलेजका प्राध्यापक, शिक्षक महिला, स्वास्थ्य स्वयंसेविका, बाल क्लव, प्रहरी, महिला सहकारी तथा आमा समूहका कम्तीमा ५० जनाको सहभागिता रहनेछ ।

कार्यतालिका अनुसार, मंसिर ११ गते वडा नं. ४ को कार्यालयबाट छलफल सुरु हुनेछ । मंसिर १२ गते वडा नं. ८ को दाप्चा मावि, मंसिर १३ गते वडा नं. ३ को भेडाबारी, मंसिर १४ गते वडा नं. ९ को कृष्ण मावि तथा मंसिर १५ गते वडा नं. ५ को वडा कार्यालयमा कार्यक्रम तय गरिएको छ । यसैगरी मंसिर १७ गते वडा नं. ७ को रजवम पोखरी गुम्बा, मंसिर १८ गते वडा नं. १ को वडा कार्यालय, मंसिर १९ गते वडा नं. २ को लकाइने, मंसिर २० गते वडा नं. ६ को वडा कार्यालय र मंसिर २१ गते वडा नं. ११ को वडा कार्यालयमा छलफल हुने कार्यतालिका छ । अभियानको समापन कार्यक्रम मंसिर २२ गते वडा नं. १० को कार्यालयमा हुने महिला, बालबालिका तथा जेष्ठ नागरिक उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।

अभियान अन्तर्गत नै बुधबार नगरपालिकामा शुभारम्भ तथा दिप प्रज्वलन गरिएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत नमोबुद्ध नगरपालिकाले प्रत्येक बर्ष अभियानकै रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।






प्रतिक्रिया दिनुहोस


↑