भारत पनि ३ साता ‘लकडाउन’

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ७९४ पटक पढिएको
भारत पनि ३ साता ‘लकडाउन’

चैत ११, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साता लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातदेखि तीन साता भारतमा राष्ट्रिय लकडाउन गर्ने घोषणा गरेका हुन् ।

उनले यसअघि १९ मार्चमा देशवासीका नाममा सम्बोधन गर्दै २२ मार्चमा जनता कर्फ्यु  घोषणा गरेका थिए । भारतका केही राज्यहरुले जनता कर्फ्युलाई निरन्तरता दिएका थिए ।

प्रधानमन्त्री मोदीले सामाजिक दूरी नै कोरोना भाइरसविरुद्ध लड्ने महत्वपूर्ण हतियार भएको बताए ।

उनले जनता कर्फ्युको पालनाले भारतीयहरु कोरोनासँग लड्न सक्षम भएको बताए ।

भारतमा कोरोनाबाट ५१९ संक्रमित भएको र १० जनाको मृत्यु भएको छ । त्यसैगरी उपचारपछि ३९ संक्रमितलाई घर पठाइएको भारतीय स्वास्थ्य मन्त्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस