विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र १५, शनिबार मा प्रकाशित ५७० पटक पढिएको
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्यो

चैत १५, काठमाण्डौ । विश्वभर कोरोना भाइरस ९कोभिड १९० बाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख नाघेको छ । अहिलेसम्म कोरोनाका कारण २७ हजार चा् सय ६७ जनाको ज्यान गएको छ भने एक लाख ३३ हजार पाँच सय २७ जना उपचारपछि निको भएका छन् ।

कोरोनाका कारण अमेरिका र युरोपेली देश बढी चपेटामा परेका छन् । अमेरिकामा मात्रै एक लाख ४ हजार दुई सय ५६ जना सङ्क्रमित भएका छन् भने १७ सय चार जनाको ज्यान गएको छ । यस्तै दुई हजार पाँच सय २५ जना उपचारपछि निको भएका छन् । अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै छ ।

अमेरिकापछि इटलीमा सबैभन्दा धेरै अर्थात् ८६ हजार चार सय ९८ जना सङ्क्रमित भएका छन् भने ९ हजार एक सय ३४ जनाको ज्यान गएको छ । इटलीमा १० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन् ।

यस्तै चीनमा ८१ ह्जार तीन सय ९४ जना सङ्क्रमितमध्ये तीन हजार दुई सय ९५ जनाको ज्यान गएको छ भने ७४ हजार ९ सय ७१ जना उपचारपछि निको भएका छन् ।

नेपालमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोमा एक जना उपचारपछि निको भएका छन् भने तीन जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस