भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५ पुग्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र १६, आईतबार मा प्रकाशित ७७१ पटक पढिएको

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५ पुग्यो

चैत १६, नयादिल्ली । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या २५ पुगेको हो ।

महाराष्ट्रमा ६, गुजरातमा चार, कर्नाटकमा तीन तथा मध्य प्रदेशमा दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भारतभर कोरोना संक्रमितको संख्या ९७९ पुगेको छ ।

संसारभर हालसम्म कोरोना भाइरसका कारण ३० हजार ८ सय ८३ जनाको मृत्यु भएको छ भने ६ लाख ६४ हजार १ सय ३ जनामा सक्रमण पुष्टि भइसकेको छ ।

नेपालमा अहिलेसम्म औपचारिक रुपमा पाँचजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ।






प्रतिक्रिया दिनुहोस