२४ घण्टामा विश्वभर ३ हजार ५१५ काे मृत्यु, अमेरिकामा एकैदिन साँढे २९ हजार संक्रमित

नौलो समाचार संवाददाता
२०७६ चैत्र १६, आईतबार मा प्रकाशित ६१४ पटक पढिएको
२४ घण्टामा विश्वभर ३ हजार ५१५ काे मृत्यु, अमेरिकामा एकैदिन साँढे २९ हजार संक्रमित

चैत १६, काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारी पछिल्ला दिनमा झन् तिब्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ५ सय १५ जना कोरोना संक्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा ६६ हजार ७ सय ६६ जना मानिस संक्रमित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ लाख ६३ हजार ७ सय ४० पुगेको छ । जसमध्ये ३० हजार ८ सय ७९ जना संक्रमितको ज्यान गइसकेको छ भने १ लाख ४२ हजार १ सय ८३ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । २० हजार ३ सय ५१ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

इटलीमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । हालसम्म इटलीमा १० हजार २३ जनाको ज्यान गएको छ भने ९२ हजार ४ सय ७२ जना मानिस संक्रमित भएका छन् ।

आइतबार बिहान (नेपाली समय अनुसार) सम्म सबैभन्दा धेरै मानिस अमेरिकामा संक्रमित भएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १९ हजार ४ सय ५२ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख २३ हजार ५७ पुगेको छ । जसमध्ये २ हजार २ सय २१ जना मानिसको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा इटलीमा सबैभन्दा धेरै ८८९, स्पेनमा ८४४, अमेरिकामा ५२५, फ्रान्समा ५१९, यूकेमा २६०, इरान १३९, नेदरल्याण्डमा ९५, जर्मनी ८२ र बेल्जियम ६४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस