भारतमा कोरोनाबाट ३० जनाको मृत्यु, संकटमा लकडाउन

नौलो समाचार संवाददाता
२०७६ चैत्र १७, सोमबार मा प्रकाशित ६२२ पटक पढिएको
भारतमा कोरोनाबाट ३० जनाको मृत्यु, संकटमा लकडाउन

चैत १७, काठमाडौँ । कारोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । हिजो आइतबार मात्रै भारतमा ५ जना कोरोना संक्रमितको ज्यान गएको भारतीय सञ्चारमाध्यमरुले जनाएका छन् ।

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ । जसमध्ये ९५ जना मानिस उपचारपछि घर फर्किसकेका छन् ।

आज भारतमा सातौँ दिनको लकडानउ जारी छ । तर भारतको राजधानी नयाँ दिल्लीमा भने लकडाउनको कडा विरोध भएको छ। ३ दिनको समयमा करिब ७ लाख मानिसले लकडाउन तोडेर दिल्ली छाडेका छन् ।

सरकारले लकडाउनलाई व्यापक कडाई गरेको बताईरहँदा दिल्लीको गाजियावादबाट लाखौँको संख्यामा नागरिक बाहिरिनुलाई अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले गम्भीर विषय भएको बताएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वभर ७ लाख २१ हजार ४ सय १२ जना मानिस संक्रमित भएका छन् । जसमध्ये ३३ हजार ९ सय ५६ जना कोरोना संक्रमितको ज्यान गएको छ भने १ लाख ५१ हजार ४ जना मानिस उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस