स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट

नौलो समाचार संवाददाता
२०७६ चैत्र २०, बिहिबार मा प्रकाशित ३७० पटक पढिएको
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट

चैत २०, काठमाण्डौ । स्वास्थ्यजन्य सामग्री खरिद प्रकियामा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाइ मुकुन्द अधिकारीले बिहीबार सर्वोच्च अदालतमामा रिट निवेदन दर्ता गर्नु भएको हो ।

यसअघि सरकारले बुधबार मेडिकल सामग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग सम्झौतामा उल्लेख भए अनुसारको सामान निर्धारित समयभित्र ल्याउन नसकेकाले सम्झौता रद्द गरिएको बताउनु भएको थियो ।

संकटका बेला मेडिकल सामग्री खरिदमा अनियमितता भएको भन्दै अहिले सरकारले आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस