कोरोनाका कारण विश्वभर ५९ हजार बढीको मृत्यु, टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गर्‍यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र २२, शनिबार मा प्रकाशित ४८३ पटक पढिएको
कोरोनाका कारण विश्वभर ५९ हजार बढीको मृत्यु, टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गर्‍यो

चैत २२, काठमाडौं । कोरोना भाइरसको संक्रमणले मृतकको संख्या बढ्दै गएपछि टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गरेको छ ।

कोरोनाको महामारी नियन्त्रण गर्ने भन्दै २० वर्ष भन्दा कम उमेरका सर्वसाधारणलाई आंशिक रुपमा कफ्र्यू नै लगाइएको समाचारमा जनाइएको छ ।

कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको समाचारमा जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले कारोनाविरुद्धको विश्वव्यापी लडाइमा सबै देशलाई एकजुट हुन आह्वान गरेको छ ।

राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले युद्धरत राष्ट्रहरुलाई हतियार बिसाएर कोरोनाको महामरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

विश्वभर ५९ हजार बढीको मृत्यु

यता कोरोनाका कारण विश्वव्यापी रुपमा ५९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाका कारण विश्वभर प्रभावित भएका एक करोड भन्दा बढी मानिसमध्ये दुई लाख १७ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सबै भन्दा बढी इटालीमा १४ हजार ६ सय मानिसको मृत्यु भएको छ ।

त्यसैगरी स्पेनमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ भने संयुक्त राज्य अमेरिकामा सात हजार तीन सयको मृत्यु भएको बताइएको छ ।

यसैबीच अमेरिकाको न्युयोर्कमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएपछि देशका अन्य राज्यहरुबाट उपचार सामग्रीको व्यवस्था गरिएको छ । ९एजेन्सी


प्रतिक्रिया दिनुहोस