विश्वभर कोरोनाबाट संक्रमितको संख्या १२ लाख नाघ्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र २३, आईतबार मा प्रकाशित ५२४ पटक पढिएको
विश्वभर कोरोनाबाट संक्रमितको संख्या १२ लाख नाघ्यो

चैत २३, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, संक्रमितको संख्या १२ लाख दुई हजार नाघेको हो ।

चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म अमेरिकामा तीन लाख ११ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै, स्पेनमा एक लाख २६ हजार, इटालीमा एक लाख २४ हजार, जर्मनीमा ९६ हजार र फ्रान्समा ९० हजारभन्दा बढीमा यो भाइरसको संक्रमण देखिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको यो भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि ६४ हजार सात सय ५३ पुगेको छ । इटालीमा अहिलेसम्म भाइरसको कारण १५ हजार तीन सय ६२ जनाको ज्यान गएको छ ।

त्यस्तै, स्पेनमा ११ हजार नौ सय ४७, अमेरिकामा आठ हजार आठ सय ८८, फ्रान्समा सात हजार पाँच सय ७४ र बेलायतमा चार हजार तीन सय २० जनाको ज्यान गएको छ ।

अहिलेसम्म यो भाइरसबाट संक्रमित दुई लाख ४६ हजारभन्दा धेरै मानिसहरु निको भएर घर फर्किसकेका छन् । जसमध्ये सबैभन्दा धेरै चीनमा ७६ हजार नौ सय ४६ जना संक्रमित निको भएका छन् ।

त्यस्तै, स्पेनमा ३४ हजार दुई सय १९, फ्रान्समा २६ हजार चार सय र इटालीमा २० हजार नौ सय ९६ जना मानिस निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस