बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई कोरोना सङ्क्रमण

नौलो समाचार संवाददाता
२०७६ चैत्र २४, सोमबार मा प्रकाशित ४०३ पटक पढिएको
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई कोरोना सङ्क्रमण

चैत २४, काठमाण्डौ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो ।

बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म चार हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस