खाडी र मलेसियामा २६ जना नेपालीमा कोरोना सङ्क्रमण

नौलो समाचार संवाददाता
२०७६ चैत्र २४, सोमबार मा प्रकाशित ३६४ पटक पढिएको
खाडी र मलेसियामा २६ जना नेपालीमा कोरोना सङ्क्रमण

चैत २४, काठमाण्डौ । खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमण बढीरहेको अवस्थामा त्यहाँ रहेका २६ जना नेपाली श्रमिकमा पनि यसको सङ्क्रमण देखिएको छ । साउदीमा ४ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २६ पुगेको हो ।

अहिलेसम्म बहराइनमा १२, यूएईमा ८, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको पाइएको छ । तर यूएईमा भने दुई जना निको पनि भइसकेका छन् । ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँको सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।

विश्वका दुई सय ८ देशका १२ लाख ७३ हजार ७०९ जनामा सङ्क्रमण फैलिसकेको छ । ६९ हजार ४५६ जनाको ज्यान गएको छ भने दुई लाख ६२ हजार ४८६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस