कोरोना महामारीः विश्वभर २४ घण्टामा ७३८० को मृत्यु, १४ लाख ३० हजारबढी संक्रमित

नौलो समाचार संवाददाता
२०७६ चैत्र २६, बुधबार मा प्रकाशित ४३७ पटक पढिएको
कोरोना महामारीः विश्वभर २४ घण्टामा ७३८० को मृत्यु, १४ लाख ३० हजारबढी संक्रमित

चैत २६, काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ८० जनाको ज्यान गएको छ। यो सँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ३४ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमित मध्ये ३ लाख १ हजार ९ सय ५ जना उपचारपछि घर फर्किसकेका छन् भने ४७ हजार ९ सय १३ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा यसको प्रभाव बढी देखिएको छ । अमेरिकामा एकै दिन १ हजार ९ सय ६६ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाउनेको यो संख्या सबैभन्दा धेरै हो ।

यो सँगै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८ सय ३७ पुगेको छ।

यस्तै २४ घण्टामा फ्रान्समा १४१७, स्पेन ७०४, इटली ६०४, जर्मनी २०६, यूके ७८६, बेल्जियम ४०३,नेदरल्याण्ड २३४, इरान १३३, ब्राजिल १२२ र स्विडेनमा ११४ जनाको ज्यान गएको छ । अन्य देशको विवतरण तलको तालिकामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस