कोरोना प्रभावित किसानलाई राहत कार्यक्रम, के-के छ प्याकेजमा ?

नौलो समाचार संवाददाता
२०७६ चैत्र २६, बुधबार मा प्रकाशित ८१३ पटक पढिएको
कोरोना प्रभावित किसानलाई राहत कार्यक्रम, के-के छ प्याकेजमा ?

चैत २६, ललितपुर । साना देखि ठुला किसानलाई लक्षित गरी कृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना भाईरसबाट पीडित किसानलाई राहत कार्यक्रमको लागि प्रस्ताव मन्त्री परिषदमा पठाएको छ ।

साना किसान लक्षित गरेर दुध बेच्ने किसानलाई एक महिना सम्म प्रतिलिटर दूधमा १० रुपैयाँ अनुदान दिने भएको छ । त्यस्तै ५०० भन्दा कम ब्रोईलर कुखुरा पाल्ने कृषकलाई अर्को पटकको कुखुरा पालनमा प्रति कुखुरा ६० रुपैयाँ अनुदान दिईने भएको छ । लेयर्स कुखुरा पालक कृषकलाई १२० रुपैयाँ अनुदान दिने भएको छ ।

तरकारी, फलफूल लगायत कृषि उत्पादन जन्य क्रियाकलाप गर्ने किसानको सन्दर्भमा उत्पादन लागतको मुल्यांकनको आधारमा राहत उपलब्ध हुने प्रस्तावमा समेटिएको छ ।

ठुलो संख्या कुखुरापालन गर्ने किसानलाई ऋणको सीमा बढाईने देखि ब्याजमा अनुदान दिने समेटिएको छ । राहत अनुदानको लागि मन्त्रालयले परिचालन गर्ने विशेष संयन्त्रको सिफारिसको आधारमा राहत उपलब्ध गराईने भएको छ ।

प्रतिक्रिया दिनुहोस