काेराेनाबाट पछिल्लो २४ घण्टामा विश्वभर साढे ६ हजारको मृत्यु, हालसम्म ८८ हजार ४०३ जनाको ज्यान गयाे

नौलो समाचार संवाददाता
२०७६ चैत्र २७, बिहिबार मा प्रकाशित ४७३ पटक पढिएको
काेराेनाबाट पछिल्लो २४ घण्टामा विश्वभर साढे ६ हजारको मृत्यु, हालसम्म ८८ हजार ४०३ जनाको ज्यान गयाे

चैत २७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ६ हजार ३६७ कोरोना संक्रमितको ज्यान गएको हो । अघिल्लो २४ घण्टाको तुलनामा यो केही कम हो । अघिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको थियो ।

सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टामा ७४७, इटलीमा ५४२ तथा फ्रान्समा ५४१ ले २४ घण्टामा ज्यान गुमाएका छन् ।

आज (बिहीबार) बिहान साढे ६ बजेसम्म कोरोनाबाट विश्वभर ८८ हजार ४०३ जनाको ज्यान गइसकेको छ ।

सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ । फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!