कोरोनाको असर पुष्प व्यवशायमा पनि, दैनिक ४ करोडको व्यापार ठप्प, काभ्रेमा दैनिक ३ लाख बराबरको क्षति

नौलो समाचार संवाददाता
२०७६ चैत्र २७, बिहिबार मा प्रकाशित १०९२ पटक पढिएको
कोरोनाको असर पुष्प व्यवशायमा पनि, दैनिक ४ करोडको व्यापार ठप्प, काभ्रेमा दैनिक ३ लाख बराबरको क्षति

चैत २७, काभ्रे । पछिल्लो समय विश्वमा (कोभिड १९) कोरोना भाईरसको संक्रमणले जताततै संत्रास फैलाई रहेको छ । यसरी सन्त्रास फैलाउने क्रममा २१० वटा देश मध्ये नेपाल पनि अछुतो रहेको छैन । यस क्रममा नेपालमा यहि चैत्र ०९ गतेदेखि जनता कफ्र्यु अर्थात लक डाउन लागु गरिएको छ । कोनोरा भाईरस (कोभिड १९) बाट सुरक्षित रहनको लागी काठमाडौं उपत्यकाबाट गाउँ निस्कने नागरिकको संख्या हेर्ने हो भने १५ लाख नागरिक जन्मथलो पुगेका छन् अझै केहि उपत्यकामा नै फसेका छन् फर्कने प्रयास गर्दै छन्।

अत्याबश्यक सेवाबाहेक सबै सेवा ठप्प छन् । यहि मर्कामा नेपालका पुष्प व्यवसायिहरु पनि परेका छन् । नेपालको पुष्प व्यवसायिहरु दैनिक रुपमा ४ करोडको दरमा व्यापार ठप्प रहेको छ । नेपालमा व्यवसायिक रुपमा पुष्प व्यवसायसंग संलग्न ८ सय व्यसायिहरु रहेका छन् भने रोजगारी र स्वरोजगारीको तथ्यांकको आधारमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा १५ हजार संलग्न रहेका छन् । पुष्प व्यवसायमा काभ्रेमा ३० जना व्यवसायिक रुपमा लागेको तथ्यांक रहेको छ । यस क्रममा काभ्रेमा कट फ्लावर, पुष्प पसल, नर्सरी, बिरुवा उत्पादन सहितका व्यवसायिक लगानी १४ करोडको हाराहारीमा लगानी भएको छ । काभ्रेका पुष्प व्यवसायि कुनै समय हावाहुरीबाट पुष्प व्यवसायमा प्रयोग गरिएको संरचना लडेर बिरुवा तथा संरचना सहितको क्षति व्यहोर्दा २०६९/७० मा २ करोड बरावर क्षति व्यहोरेको व्यासायिहरु २०७२ को भुकम्पमा पनि सोही मारमा परिहरे ।

भुकम्पको समयमा मात्र काभ्रेको पुष्प व्यवासयिहरुले ४.५ करोड क्षति व्यहोर्दै सामान्य सरकारी राहतमा संलग्न भई अगाडी बढिरहेको पुष्प व्यवसायिहरु पछिल्लो समय ठुलो बर्षाको कारण क्षति व्यहोर्नु पुगे । उक्त क्षतिको समयमा पुष्पको विरुवा तथा उत्पादनको समयमा पनि उक्तिकै नास हुने गरी क्षति व्यहोरी रहेको अवस्थामा गुज्रिरहेको छ । डुवानबाट पनि काभ्रेका पुष्प व्यवसायिहरु ४ करोडको क्षति व्यहोर्दै अगाडी बढिरहेका व्यवसायिहरु पछिल्लो समय (कोभिड १९) कोनोरा भाईरसको संत्राससंगै दैनिक रुपमा उत्पादन हुने, कार्नेसन, जरवेरा, ग्लाड, स्टाटिस, रोज, लिमुनियम, जरवेरा सहितको उत्पादन बजार जाने मुल्यको आधारमा ३ लाख बराबरको क्षति व्यहोरी रहनु परेको बताउनु हुन्छ फ्लोरी कल्चर एसोसिन नेपाल जिल्ला शाखा काभ्रेका उपाध्यक्ष भेषराज दनुवार ।

पुष्प हरेक समयमा आवश्यक पर्छ भन्ने कुरा तथ्य हो तर पनि विश्वले क्षति व्यहोरी रहेको समयमा हरेक नागरिक यसबाट पिडित रहेको छन् नै यस अवस्थामा पुष्प व्यवसायिहरु लगानीको प्रतिफल लिने समयमा यसरी क्षति व्यहोर्नुपर्दा विभिन्न वित्तिय सस्थाको ऋण र व्याज कसरी घटाउने भन्ने चिन्तामा परेको बताउनुहुन्छ फ्लोरिकल्चर एसोसियसन नेपालका कोषाध्यक्ष रुद्रबहादुर खड्का ।

पछिल्लो समयमा कृषि अन्र्तगत राखिएको पुष्प व्यवसाय प्रबद्र्धन गर्न काभ्रे जिल्ला कृषि बिकास कार्यालय, तथा पछिल्लो बिकेन्द्रत शासन प्रणालि अनुसारको संरचना कृषि ज्ञान केन्द्रबाट महत्व राखिएको र उत्साहपुर्ण सहयोग र साथ रहेको छ । यति भइृरहदा पनि लगानी बढेको छ । तर लगानी बढाउनुको साथै आम्दानी हुने सयममा विभिन्न संकट आउदा मन पिडामा पर्ने गरेको व्यवशायिहरुको भनाई छ ।

“एकातर्फ बित्तिय सस्थाको ऋण र अर्को तर्फ उत्पादन भएको पुष्प बजार पठाउने अवस्था नहुदा ठुलो क्षति भैरहेको छ, यसरी क्षति हुने हो भने यस वर्ष मात्र उत्पादनको आयमात्र २ करोड भन्दा बढि क्षति हुने देखिन्छ । यस अवस्थामा वित्तिय सस्थाहरुले पुष्पमा लगानी गर्ने लगानीकर्ताहरुलाई विशेष प्राथमिकतामा राख्नु पर्ने धारणा राख्नु हुन्छ” फ्लोरिकल्चर एसोसियसन नेपाल जिल्ला शाखाका अध्यक्ष बिरेन्द्र बहादुर श्रेष्ठ ।

“यदि व्यवसायिक रुपमा पुष्प व्यवसायिहरुलाई कृषि ज्ञान केन्द्र र स्थानिय सरकारले जसरी महत्वमा नराख्ने हो भने नया व्यवसायि आउन सक्ने अवस्था पनि रहदैन र स्थानिय सरकारको पुष्पमा लगानी गर्न विनियोजन गरिएको बजेटको पनि खासै महत्व कम हुने र आयात प्रतिस्थापनमा पनि खासै योजना नबन्ने देखिन्छ भन्नु हुन्छ” काभ्रे जिल्लाका पुर्व अध्यक्ष भोजराज तिमल्सिना ।

प्रतिक्रिया दिनुहोस