अमेरिकामा हरेक दिन १९ सयले ज्यान गुमाउँदै, विश्वमा मृत्यु हुनेकाे स‌ंख्या ९६ हजार नाघ्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र २८, शुक्रबार मा प्रकाशित ६१५ पटक पढिएको
अमेरिकामा हरेक दिन १९ सयले ज्यान गुमाउँदै, विश्वमा मृत्यु हुनेकाे स‌ंख्या ९६ हजार नाघ्यो

चैत २८, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ। यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा करिब ४ गुणाले बढी हो।

त्यस्तै बिहीबार फ्रान्समा १३ सय ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ८सय संक्रमित थपिएका छन्। फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख १७ हजार ७४९ पुगेको छ। इटालीमा मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ।

विश्वका २ सय नौ देशमा फैलिएको यो भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ६ सय ९१ पुगको छ। वर्ल्डोमिटरका अनुसार हिजो मात्रै सात हजार भन्दा बढी मानिसको ज्यान गएको छ भने ८४ हजार भन्दा बढी नयाँ बिरामी थपिएका छन्। विश्वभर संक्रमितको संख्या १६ लाख नघेको छ। त्यस्तै ३ लाख ५६ हजार २ सय ८३ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस