तत्काल लकडाउन हटाउनु घातक हुनसक्ने : डब्लूएचओ

नौलो समाचार संवाददाता
२०७६ चैत्र २९, शनिबार मा प्रकाशित ४१२ पटक पढिएको
तत्काल लकडाउन हटाउनु घातक हुनसक्ने : डब्लूएचओ

चैत्र २९, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलिएका विभिन्न राष्ट्रमा लागु गरिएका लकडाउन तत्काल हटाउन खोजे त्यसको परिणाम घातक हुनसक्ने चेतावनी दिएको छ ।

जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा डब्लूएचओका प्रमुख डाक्टर टेड्रस एड्हानोम गेहब्रेयससले लकडाउन हटाउने निर्णय गर्नुपूर्व धेरै सोचेर मात्रै निर्णय लिनुपर्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

यूरोपेली मुलुक इटली र स्पेनले लकडाउनलाई जारी राख्दै अन्य केही प्रतिबन्धहरुलाई खुकुलो पार्ने बताइरहेका बेला गेहब्रेयससको यस्तो चेतावनी आएको हो । विभिन्न राष्ट्रका सरकारसँग मिलेर डब्लूएचओले विभिन्न प्रतिबन्धलाई खुकुलो पार्ने रणनीति निर्माणका लागि छलफल जारी राखेको बताउँदै उहाँले तत्कालका लागि भने कुनै पनि निर्णय लिइहाल्नु हतार हुने स्पष्ट पार्नुभयो ।

कोरोना कहरका कारण चर्को आर्थिक मारमा परेका मुलुकहरुले पनि विभिन्न प्रतिबन्धहरुलाई खुकुलो बनाउने भनेपनि त्यसबारेमा गहन रुपमा सोच्नुपर्ने समय भएको बताउँदै उहाँले युरोपेली राष्ट्रहरुमा संक्रमणको गति केही घटेपनि नियन्त्रणमा नआएको र अन्य मुलुकमा संक्रमण बढीरहेको भन्दै सचेत हुन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस