भारतमा ‘लकडाउन’काे अवधि २१ दिनसम्म लम्बियाे, लकडाउनमा थप कडाई

नौलो समाचार संवाददाता
२०७७ बैशाख २, मंगलबार मा प्रकाशित ८२६ पटक पढिएको
भारतमा ‘लकडाउन’काे अवधि २१ दिनसम्म लम्बियाे, लकडाउनमा थप कडाई

बैशाख २, एजेन्सी । भारतमा आउँदाे मे ३ तारिखसम्म लकडाउन लम्ब्याइएकाे छ । प्रधानमन्त्री नरेन्द्र माेदीले मङ्गलबार देशकाे नाममा सम्बाेधन गर्दै लकडाउनकाे अवधि बढाउने घाेषणा गरेका हुन् ।

काेराेना भाइरस (काेभिड १९) काे प्रकाेपलाई मध्यनजर गर्दै यसअघि घाेषणा गरिएकाे २१ दिने लकडाउन आज पूरा हुँदै छ ।

सम्बाेधनका क्रममा माेदीले लकडाउनकाे कारण नागरिकलाई निकै कष्ट भइरहेकाे बताए । साथै उनले व्यक्ति व्यक्तिबीचकाे दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए ।

प्रधानमन्त्री माेदीले लकडाउनकाे अवधि बढेपछि थप सतर्क रहनुपर्ने बताए । लकडाउनलाई अझ कडा गरिने र आउँदाे अप्रिल २० देखि लकडाउनकाे कत्तिकाे पालना भइरहेकाे छ भनेर मूल्याङ्कन हुने बताए । यदि लकडाउनकाे पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे ।

उनले लकडाउनकाे पूर्ण पालना गर्न र जुन ठाउँमा छाैँ त्यही ठाउँमा रहन सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस