कोरानाले पछिल्लो २४ घण्टामा ८ हजारको मृत्यु हुँदा अमेरिकामा मात्रै २ हजार ४८२ को ज्यान गयो

नौलो समाचार संवाददाता
२०७७ बैशाख ४, बिहिबार मा प्रकाशित ६९७ पटक पढिएको
कोरानाले पछिल्लो २४ घण्टामा ८ हजारको मृत्यु हुँदा अमेरिकामा मात्रै २ हजार ४८२ को ज्यान गयो

बैशाख ४, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा करिब ८ हजारको ज्यान गएको छ । २४ घण्टामा कोरोनाले ७ हजार ९५९ जनाको ज्यान लिएको छ ।

यसमध्ये सबैभन्दा धेरै अमेरिकामा २ हजार ४८२ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा मात्रै कोरोनाले २८ हजार ५२९ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा १ हजार ४३८, स्पेनमा ५५७, इटालीमा ५७८, बेलायतमा ७६१ तथा जर्मनीमा ३०९ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ८४ हजार ४६९ कोरोना संक्रमितत थपिएका छन् । यसमा सबैभन्दा धेरै अमेरिकामा ३० हजार २०६ भेटिएका छन् । स्पेनमा ६ हजार ५९९, फ्रान्समा ४ हजार ५६०, बेलायतमा ४ हजार ६०३, इटालीमा २६६७ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

अहिले विश्वमा १४ लाख ३७ हजार ७६६ कोरोना संक्रमित छन् । यसमध्ये अमेरिकामा मात्रै ५ लाख ६६ हजार ८५९ छन् । कोरोना संक्रमित मध्ये ५१ हजार १६० को अवस्था गम्भीर रहेको छ ।

चीनको वुवानबाट कोरोना संक्रम फैलिए यता यो सत्रंmमण अहिलेसम्म २० लाख ८२ हजार ३७२ जनामा देखिसकेको छ । यसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि स्वस्थ भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस