भारतमा कोरोना भाइरसः मृत्यु हुनेको संख्या ४१४ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ बैशाख ४, बिहिबार मा प्रकाशित ६१२ पटक पढिएको

भारतमा कोरोना भाइरसः मृत्यु हुनेको संख्या ४१४ पुग्यो

बैशाख ४, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणपछि कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४१४ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १२ हजार ३८० रहेको छ ।

संक्रमित मध्ये १४ सय ८९ जनामा भने निको भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी २९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ भने १८७ जनाको निधन भएको छ ।

यस्तै राजधानी दिल्लीमा हालसम्म १५ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । दिल्लीमा कोभिड–१९ बाट ३२ जनाको निधन भएको छ ।






प्रतिक्रिया दिनुहोस