विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार, अमेरिकामा साढे ४२ हजार भन्दा बढीको ज्यान गयो

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ४५८ पटक पढिएको
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार, अमेरिकामा साढे ४२ हजार भन्दा बढीको ज्यान गयो
(FILES) In this file photo taken on April 1, 2020 medical staff install patients infected with the COVID-19 onboard a medicalised TGV high speed train at the Gare d’Austerlitz train station in Paris to be evacuated from Paris’ region hospitals to other hospitals in the western France Brittany region where the outbreak has been limited so far. – Eight medicalised high speed train (TGV) have carried 157 patients infected with COVID-19 since March 26, a precision operation led by The French railway operator SNCF, AFP reports on April 8, 2020. (Photo by Thomas SAMSON / AFP)

बैशाख ९, एजेन्सी । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ। गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको छ।

विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

२४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ।संक्रमितको संख्या झण्डै आठ लाख पुगेको छ। अहिलेसम्म त्यहाँ ७ लाख ९२ हजार ७ सय ५९ जना संक्रमित भएका छन्। अमेरिकामा सोमबार एकै दिन २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ। त्यहाँ सोमबार ३ सय ९९ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी फ्रान्समा अहिलेसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। फ्रान्समा सोमबार ५ सय ४७ जनाले ज्यान गुमाएका छन्। युकेमा साढे १६ हजारभन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ४ सय ४९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस