जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

नौलो समाचार संवाददाता
२०७७ बैशाख ११, बिहिबार मा प्रकाशित ५१० पटक पढिएको
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

बैशाख ११, काठमाडौँ । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएसँगै ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । आज निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । नयाँ जनता पार्टीको दर्ता नम्बर १३८८ छ ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् । जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताउनुभयो । बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो ।

एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो । झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । नेताहरुको पद बाँडफाँट गरिएको छैन । शीर्ष नेताहरुले सामुहिक नेतृत्वमा पार्टी अगाडि बढाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस