अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार नाघ्याे

नौलो समाचार संवाददाता
२०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित ६९२ पटक पढिएको

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार नाघ्याे

बैशाख १२, काठमाडौं । कोरोनाले अमेरिकामा ज्यान गुमाउनेको संख्या ५० हजार नजिक पुगेको छ । चीनको वुहानबाट कोरोना भाइरसको महामारी फैलिए यता अमेरिकामा मात्रै कोरोनाका कारण ४९ हजार ७९६ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ४०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ११० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ३५६ को ज्यान जाँदा अमेरिकामा मात्रै २१ सय भन्दा धेरैको ज्यान गएको हो ।

पछिल्लो २४ घण्टामा ८३ हजार ८२९ कोरोनाका नयाँ संक्रमित भेटिँदा अमेरिकामा मात्रै ३० हजार ७१३ छन् । हाल अमेरिकामा मात्रै ७ लाख ४४ हजार ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १४ हजार ९९७ को अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा कोरोनाको जोखिम कम गर्न लगाइएको लकडाउन विस्तारै खुकुलो हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प सुरु देखि नै लकडाउनको विरोधमा छन् भने जनताले लकडाउन खोल्न काग गर्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस