फेसबुकमा जरायोको सुकुटी खान निम्ता, प्रहरी पुगे घरमा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित ५४८ पटक पढिएको
फेसबुकमा जरायोको सुकुटी खान निम्ता, प्रहरी पुगे घरमा

बैैैैशाख १२, दाङ । जरायोको सुकुटी खान फेसबुक मार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले पक्राउ गरेको हो ।

पुनले बिहीबार फेसबुकमा ‘लकडाउनको सदुपयोग गरौँ, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्ट्याटस लेखेका थिए ।

फेसवुक स्ट्याटसको बारेमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपपछि पुनलाई पक्राउ गरेर अनुसन्धान थालिएको डिभिजन वन प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

राष्ट्रीय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कानुनी कारबाहीको प्रकृया अघि बढाइएको उनले बताए। पक्राउ परेपछि पुनले फेसबुक स्टाटस डिलिट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस