वर्षा सुरू भएपछि काभ्रेका किसान खेतीपातीमा व्यस्त

नौलो समाचार संवाददाता
२०७७ बैशाख १३, शनिबार मा प्रकाशित ७५३ पटक पढिएको
वर्षा सुरू भएपछि काभ्रेका किसान खेतीपातीमा व्यस्त

बैशाख १३, काभ्रे । कोरोना भाइरसको संक्रमण फैलन नदिन मुलुकभर बन्दाबन्दी (लकडाउन) भए पनि काभ्रेका किसान भने खेतीपातीमा नै व्यस्त हुन थालेका छन् ।

जिल्लामा यतीखेर किसानहरु खेेेेतबारी खनजाेत तथा मकै छर्ने, गोड्ने, मल बोल्ने, आलु खन्ने, चैत धान रोप्ने, तरकारी रोप्ने लगायतका काममा व्यस्त हुँदै आएको पाइएको छ । पानी परेसँगे किसानलाई मकै छर्न हतारो छ भने कतै मकै गोड्न थालेका छन्।

पढाइ तथा राेेेजगारीकाे सिलसिलामा शहर पसेका युवा-युवती लकडाउनका कारण गाउँ आएपछि गाउँमा छुट्टै रौनक देखिएको छ । अघिपछि एक/दुई जना देखिने खेतबारीमा अहिले १०/१५ जना देखिन थालेका छन् ।

यस्तै, पाँचखाल नगरपालिकाका किसान यतिखेर आलु खन्ने तथा तरकारी रोप्ने चटारोमा लागेका छन् । उनीहरु दुरी कायम गर्दै काममा जुटेको पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै मण्डनदेउपुर, पनौती, बनेपा नगरपालिका लगायतका क्षेत्रका किसान यतीखेर मकै छर्ने, गोलभेँडा लगायत तरकारी लगाउनमा व्यस्त रहेका छन । धुलिखेल नगरपालिका, बेथानचोक, खानीखोला, महाभारत, चौँरीदेउराली, तेमाल, रोसी, भुम्लु गाउँपालिकाका किसानहरु खेतबारीमा मकै छर्न र गोड्नमा व्यस्त रहेका छन् ।

स्राेत : गाेेरखापत्र अनलाइन डटकम

प्रतिक्रिया दिनुहोस