हवाई उडान जेठ २ गतेसम्म बन्द, लक डाउन के भयो?

नौलो समाचार संवाददाता
२०७७ बैशाख १३, शनिबार मा प्रकाशित ८०४ पटक पढिएको

हवाई उडान जेठ २ गतेसम्म बन्द, लक डाउन के भयो?

बैैैैशाख १३, काठमाडौँ । अाज (शनिबार) बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले कारोना भाइरसको संक्रमण रोक्नका लागि आन्तरिक तथा बाह्य उडान जेठ २ गतेसम्म स्थगित गर्ने निर्णय गरेको  छ।

यसअघि सरकारले वैशाख १८ गतेसम्म गरेको उडान स्थगितलाई अाज बसेको उच्चस्तरीय समन्वयन समितिलेले मे १५ अर्थात् जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको हो।

तर, बैठकले लक डाउनबारे ठोस निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिए। उनले लक डाउन लम्ब्याउने वा नलम्ब्याउने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकले छिट्टै गर्ने जानकारी दिए।

स्रोतका अनुसार समितिले थप एक हप्ता लक डाउन लम्ब्याउन र जिल्लाअनुसार वर्गिकरण गर्न सिफारिस गरेको छ।

बैठकले लकडाउनको एक महिना २ दिन को अवधिमा भए गरेका कामको समिक्षा गरेको बिडारीले जानकारी दिए। बिडारीले लकडाउनलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सफल भएको कारणले संक्रमणवाट जोगिन सफल भएको जसमा सबै सरोकारवाला निकाए सुरक्षाकर्मी स्वास्थकर्मी र संचारकर्मीहरुलाइ धन्यवाद दिएको छ।

बैठकमा सबै प्रदेशहरुमा औषधि र औषधिजन्य सामाग्रीहरु प्रयाप्त रहेकोले प्रदेशहरुले चाहिएको अवस्थामा जुनसुकै ठाँउमा जतिबेला पनि पठाउने सकिने अस्थामा रहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस