टेकु प्रहरीले फर्कायो पूर्व प्रधानमन्त्री भट्टराईलाई

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित २८८ पटक पढिएको
टेकु प्रहरीले फर्कायो पूर्व प्रधानमन्त्री भट्टराईलाई

बैशाख १४, काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई टेकु प्रहरीले फर्काइदिएको छ । तत्कालिन राजपाका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको किटानी जाहेरी दिन महानगरीय प्रहरी परिसर टेकुमा गएका भट्टराईलाई प्रहरीले उजुरी नलिएर फर्काएको हो । किटानी जाहेरीका लागि आफ्नो क्षेत्राधिकार भित्र नपर्ने प्रहरीले बताएको छ ।

जाहेरी लिन नमानेर फर्किए पछि पत्रकारसँग बोल्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रहरीको कुनै दोष नभएको र उनीहरु दवावमा रहेको बताएका छन् ।

उनले भने, ‘अहिले हामी प्रहरीलाई पनि दोषारोपण गर्न चाहादैनौं। उहाँहरुको पनि वाध्यता छ । उहाँहरुलाई आदेश छ। जुन यो ओली तन्त्र छ, जसले लोकतन्त्रको मूल्य मान्यता, विधान, संविधान, कानून सबै लत्याएको छ, राज्यको अपराधिककरण गरेको छ । आफै संलग्न भएर अपहरण जस्ता काण्डहरुमा मुछिएको छ, त्यसले सम्पूर्ण कर्मचारी, प्रहरी प्रशासनलाई पनि आतंकित पारेको छ । त्यसैले, प्रहरीले बुझदा बुझदै पनि कानूनको पालना गर्न सक्नु भएको छैन । यो घट्ना अझै गम्भिर बन्दै गएको छ’।

सांसद डा. यादवका कानून व्यवसायी तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अब अर्को विकल्पमा जाने बताएका छन् । प्रहरीले जाहेरी लिन नमानेपछि पत्रकारसँग कुरा गर्दै त्रिपाठीले भने, ‘ अहिले जाहेरी दर्ता गर्न ठाडै इन्कार गर्नु भयो । मेरो क्षेत्राधिकार पनि पर्दैन महोत्तरी गएर दर्ता गर्नुस वा अरु कानूनले व्यवस्था गरेको काम गर्नुस् म अरु केही गदैन् । हामीले सबै कानूनी तर्क दिदा पनि उहाँले दर्ता गर्न मान्नु भएन। हामी अर्को विकल्पमा जाछौं’।

यस्तै अधिवक्ता विरेन्द्रकुमार ठाकुरले कानूनभन्दा माथि विधिको सासन भएको प्रत्याभूति जनतालाई गराउने बताएका छन् । उनले, ‘यसमा हामीले सम्पूर्ण कानुनी उपचार लिन्छौं, तपाईहरु ढुक्क हुनुहोस हामीले सम्पूर्ण नागरिकलाई न्याय प्रत्यभूत हुने गरी गर्नु पर्ने सम्पूर्ण काम गछौं

प्रतिक्रिया दिनुहोस