सरकार विरुद्ध सिन्धुपाल्चोक बाह्रबिसेमा काँग्रेसको राँके जुलुस

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित ७९६ पटक पढिएको
सरकार विरुद्ध सिन्धुपाल्चोक बाह्रबिसेमा काँग्रेसको राँके जुलुस

बैशाख १४, सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले सरकारको वेथिति विरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् । सांसद अपहरण प्रकरण, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारलगायत सरकारले गरेका गलत कामको सामाजिक दुरी कायम राख्दै राँके जुलुस निकालेको काँग्रेसका युवा नेता युधिर पौडेलले जानकारी दिए । आज साँझ गरेको राँके जुलुसमा उनीहरुले पुर्व सचिव भिम उपाध्यायको रिहाइको माग समेत गरेका छन् ।

सत्तारुढ पार्टीका सांसद र पूर्वप्रहरी प्रमुख नै सांसद ‘अपहरण’ मा लागेका भन्दै उनीहरुले मसाल लिएर बजार परिक्रमा गरे । जुलुस खुर्सानीबारीबाट सुरु भएर बाह्रबिसे पुलमा आएर कोणसभा गर्दै सम्पन्न भएको छ ।

कोणसभालाई सम्बोधन गर्दै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले सरकारले गरेका गलत कामहरु नसच्चयाए काँग्रेसले आन्दोलनको आँधीबेहरी ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस