खुमलटारमा प्रचण्ड र खनालबीच भेट, कोटेश्वरमा ओली र नेपाल समूह छलफलमा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १५, सोमबार मा प्रकाशित ५३६ पटक पढिएको
खुमलटारमा प्रचण्ड र खनालबीच भेट, कोटेश्वरमा ओली र नेपाल समूह छलफलमा

बैशाख १५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। पार्टीको पछिल्लो अवस्थाबारे प्रचण्डको निवास खुमलटारमा दुई नेताबीच छलफल भएको हो। खनाल दिउँसो १ बजे खुमलटार पुगेका थिए। प्रचण्ड र खनालबीच दुई घण्टा एक्लाएक्लै छलफल भएको छ।

नेकपामा राजनीतिक व्यवस्था र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणपछिको विवाद चर्किएको छ। स्थायी कमिटी सदस्यहरुले बैठकको माग गरेका छन्। भेटमा बैठक बोलाउने विषयमा अझै एकजुट भएर जाने कुराकानी भएको खनालको सचिवालयले जानकारी दियो। हाल नेकपामा आन्तरिक छलफल तीव्र रुपमा भइरहेको छ।

आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको थियो। त्यस लगत्तै ‌ओली र नेपाल समुहका नेता कोटेश्वरमा छलफल गरिरहेका छन्। नेता नेपालको निवासमा ओली पक्षका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त छलफलमा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस