कोभिड–१९ ले विश्वभर २ लाख १७ हजार ७८४ को मृत्यु

नौलो समाचार संवाददाता
२०७७ बैशाख १७, बुधबार मा प्रकाशित ६३९ पटक पढिएको
कोभिड–१९ ले विश्वभर २ लाख १७ हजार ७८४ को मृत्यु

बैशाख १७,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार नाघेको छ । आज बिहानसम्म कोरोना संक्रमणका कारण २ लाख १७ हजार ७८४ को ज्यान गइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ५९ हजार २४६ को ज्यान गएको छ । इटलीमा २७ हजार ३५९ को मृत्यु भएको छ भने स्पेनमा २३ हजार ८२२ को ज्यान गइसकेको छ ।

कोरोना संक्रमणकै कारण फ्रान्समा २३ हजार ६६० को ज्यान गइसकेको छ भने बेलायतमा २१ हजार ६७८ को मृत्यु भइसककेको छ ।

हाल विश्वभर १९ लाख ६५ हजार २३४ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ५७ हजार ३०७ को अवस्था गम्भीर रहको छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

नेपालमा पनि कोरोना संक्रमण प्रवेश गरे पनि हालसम्म कसैको पनि ज्यान भने भएको छैन । ५४ जनामा संक्रमण देखिए पनि १६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस