सिरियामा ट्यांकर बम बिस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ बैशाख १७, बुधबार मा प्रकाशित ७९६ पटक पढिएको
सिरियामा ट्यांकर बम बिस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु

बैशाख १७, । उत्तर–पश्चिमी क्षेत्रमा बम आक्रमण हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ । आफ्रिन शहरको व्यस्त क्षेत्रमा इन्धन आपूर्ति गर्ने ट्यांकरलाई बिस्फोटक पदार्थ राखेर बिस्फोट गराइएको टर्कीले बताएको छ ।

टर्कीसँग सीमा जोडिएको हाताय प्रान्तका गभर्नर तथा टर्कीका रक्षा मन्त्रीले कुर्दिस समूह वाइपिजीले बम आक्रमण गरेको आरोप लगाएका छन् । सो समूहको सम्बन्ध टर्कीमा सक्रिय रहेको कुर्दिस सैन्य समूहसँग रहेको उनीहरुको भनाई छ ।

आफ्रिन शहरमा टर्किस सेनाको नियन्त्रण रहेको छ । टर्की र सिरियाली सेनाले सन् २०१८ मा सो क्षेत्रबाट सिरियन कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाइपिजी) लाई सो क्षेत्रबाट हटाउनका लागि संयुक्त अभियान सुरु गरेका थिए ।

वाइपिजीलाई टर्कीले आतंकवादी समूहका रुपमा लिने गरेको छ । अमेरिकाको सहयोगमा वाइपिजीले सिरियामा इस्लामिक स्टेट (आइएस) विरुद्धको अभियान चलाएको थियो र त्यसमा जित हाँसिल गरेको थियो । सोमबार अपराहन्न आफ्रिनको मध्य सोउक अली क्षेत्रको खुला बजारमा बिस्फोट भएको हो ।

प्रतिक्रिया दिनुहोस