भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

नौलो समाचार संवाददाता
२०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ६२९ पटक पढिएको
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
Medical workers in protective suits move a coronavirus patient into an isolation ward at the Second People’s Hospital in Fuyang in central China’s Anhui Province, Saturday, Feb. 1, 2020. The death toll in China’s virus outbreak rose to 259 on Saturday and Beijing criticized Washington’s tightening of travel controls to bar most foreign nationals who visited the country within the past two weeks. (Chinatopix via AP)

बैशाख १८, काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (काेिभड १९)  महामारीको प्रभाव भारतमा पनि बढेको छ ।

कोरोना भाइरसको संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७१ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाको संक्रमणबाट एकै दिन ज्यान गुमाउनेको संख्या यो सबैभन्दा धेरै हो ।

यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ ३३ हजार ६२ जना संक्रमित भएका छन्। बुधबार भारतमा १ हजार ७३८ जना नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये ८ हजार ४ सय ३७ जनाको उपचार सफल भएको छ भने २३ हजार ५ सय ४६ जनाको उपचार जारी छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१० देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७८ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार १९० पुगेको छ भने ३२ लाख १९ हजार २४० जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस