मजदुरहरूलाई विशेष राहतको प्याकेज ल्याउन प्रचण्डको ध्यानाकर्ण

नौलो समाचार संवाददाता
२०७७ बैशाख १९, शुक्रबार मा प्रकाशित ३७४ पटक पढिएको
मजदुरहरूलाई विशेष राहतको प्याकेज ल्याउन प्रचण्डको ध्यानाकर्ण

बैशाख १९, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनतालाई विशेष राहतको प्याकेल ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

१ सय ३१ औं मे दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोभिड–१९ को प्रकोपले असर पु¥याएका श्रमजीवीहरूलाई खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न विशेष आग्रह गरेका छन् ।

देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षितरूपमा गन्तव्यमा पु¥याउन पनि उनले सरकारलाई आग्रह गरेका छन्


प्रतिक्रिया दिनुहोस