भारतले थप्यो दुई हप्ता लकडाउन, अब जेठ ४ गतेसम्‍म बन्द

नौलो समाचार संवाददाता
२०७७ बैशाख १९, शुक्रबार मा प्रकाशित ७११ पटक पढिएको
भारतले थप्यो दुई हप्ता लकडाउन, अब जेठ ४ गतेसम्‍म बन्द

बैशाख १९, एजेन्सी । कोरोना भाइरस संक्रमण विश्‍वभर महामारीको रुपमा फैलिँरहँदा भारतले दुई हप्ता लकडाउन थपेको छ।

गृहमन्त्रालयमा अाज (शुक्रबार) भएको छलफलमा भारत सरकारले थप दुई हप्ता लकडाउन बढाउने निर्णय गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

लकडाउन अब जेठ ४ गतेसम्‍म जारी रहनेछ भने अत्‍यावश्यक सेवाबाहेक सवारी साधन बन्द रहनेछन्।

प्रतिक्रिया दिनुहोस