बामदेवलाई प्रतिनिधिसभामा लैजाने नेकपा सचिवालयकाे निर्णय

नौलो समाचार संवाददाता
२०७७ बैशाख २०, शनिबार मा प्रकाशित ६८६ पटक पढिएको
बामदेवलाई प्रतिनिधिसभामा लैजाने नेकपा सचिवालयकाे निर्णय

बैशाख २०, काठमाडौँ । नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ।

उनले पाल्पा–१ बाट चुनाव लड्ने सहमति भएको छ। २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव जितेका थिए।

यस्तै बैठकले स्थायी कमिटीको बैठक यही वैशाख २५ गते राख्ने निर्णय गरेको छ। त्यो भन्दा अघिल्लो दिन सचिवालय बैठक बस्ने भएको छ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यशैलीको आत्मालोचनासमेत गरेका थिए।

विवादबीच सकिएको गत बुधबारको सचिवालय बैठकले आजका लागि अर्को बैठक तोकेको थियो।


प्रतिक्रिया दिनुहोस