बैशाख २५ गतेदेखि लकडाउनको मोडालिटी बदल्ने प्रधानमन्त्रीको प्रस्ताव, सीमा नाका र उडान भने बन्दै रहने

नौलो समाचार संवाददाता
२०७७ बैशाख २१, आईतबार मा प्रकाशित ५३० पटक पढिएको
बैशाख २५ गतेदेखि लकडाउनको मोडालिटी बदल्ने प्रधानमन्त्रीको प्रस्ताव, सीमा नाका र उडान भने बन्दै रहने

बैैैैशाख २१, काठमाडौँ । सरकारले वैशाख २५ गतेपछि लकडाउनको स्वरुप बदल्ने गरी तयारी गरिरहेको छ। जिल्लाहरुमा देखिएको जोखिमका आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा क्रमश: अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउनेबारे छलफल  चलिरहेकव एक मन्त्रीले जानकारी दिए।

अाज बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि आवश्यक रणनीति तयार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यद्यपि सरकारले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने पनि ती मन्त्रीले जानकारी दिए।

मन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा सरकारले यो मोडालिटी तयार पारेको र यसलाई निर्णय गर्न भने बाँकी रहेको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले अतिउच्च र उच्चजोखिमलाई पूर्णतया लकडाउन गर्ने र सामान्य र न्यून जोखिमयुक्त जिल्लाहरुमा आंशिक रुपमा लकडाउन गर्ने प्रस्तावका आधारमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव गरेका हुन्।


प्रतिक्रिया दिनुहोस