राष्ट्रपतिबाट बैशाख २६ गते संसद अधिवेशन आह्वान

नौलो समाचार संवाददाता
२०७७ बैशाख २१, आईतबार मा प्रकाशित ४६४ पटक पढिएको
राष्ट्रपतिबाट बैशाख २६ गते संसद अधिवेशन आह्वान

बैशाख २१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् ।

सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पेश गर्ने र पारित गर्ने गरिन्छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस