कोरोनाका कारण विश्वभर २ लाख ४८ हजार १०७ को मृत्यु, सबैभन्दा धेरै अमेरिकामा

नौलो समाचार संवाददाता
२०७७ बैशाख २२, सोमबार मा प्रकाशित ४४० पटक पढिएको

कोरोनाका कारण विश्वभर २ लाख ४८ हजार १०७ को मृत्यु, सबैभन्दा धेरै अमेरिकामा

बैशाख २२,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ । अाज(सोमबार) बिहानसम्म कोरोना भाइरसको संक्रमणका कारण २ लाख ४८ हजार १०७ जनाको ज्यान गइसकेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ६८ हजार ५६९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको छ ।

इटलीमा २८ हजार ८८४, स्पेनमा २५ हजार २६४, बेलायतमा २८ हजार ४४६, फ्रान्समा २४ हजार ८९५ जनाको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको संक्रमितको संख्या ३५ लाख ६२ हजार नाघिसकेको छ । २१ लाख ६१ हजार ५१३ जनाको उपचार भइरहेको छ । जसमध्ये ५० हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।


प्रतिक्रिया दिनुहोस