भारतमा ह्वात्तै बढयो कोरोना कहर, संक्रमितको संख्या ४६ हजार नाघ्यो, मृतककाे संख्या १ हजार ५६६

नौलो समाचार संवाददाता
२०७७ बैशाख २३, मंगलबार मा प्रकाशित ५१६ पटक पढिएको

भारतमा ह्वात्तै बढयो कोरोना कहर, संक्रमितको संख्या ४६ हजार नाघ्यो, मृतककाे संख्या १ हजार ५६६

बैशाख २३, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा १७५ जना संक्रमितको ज्यान गएको छ।

यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५६६ पुगेको कोरोना सम्बन्धी अपडेट दिँदै आएको वेब साइड वल्डोमिटरले जनाएको छ। यसअघि आइतबार भारतमा ६८ जनाको ज्यान गएको थियो ।

यस्तै हिजाे (सोमबार) मात्रै भारतमा ३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४३७ पुगेको छ।

अाज भारतमा भेटिएका संक्रमित र कोरोनाबाट ज्यान जानेको संख्या अहिलेसम्मकै धेरै हो ।

भारतमा हालसम्म ११ लाख ७ हजार २३३ को कोरोना परीक्षण गरिएको फेला परेका संक्रमितमध्ये १२ हजार ८४७ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस