नेकपामा जुटेन सहमति, स्थायी कमिटी बैठक स्थगित

नौलो समाचार संवाददाता
२०७७ बैशाख २४, बुधबार मा प्रकाशित ४१८ पटक पढिएको
नेकपामा जुटेन सहमति, स्थायी कमिटी बैठक स्थगित

बैशाख २४, काठमाडौं । सत्तारुढ नेपाल कम्युष्टि पार्टी नेकपाको भाेलि (बिहीबार) हुने भनिएको स्थायी कमिटि वैठक स्थगित भएको छ । अाज (बुधबार) बसेको सचिवालय वैठकमा अध्यक्षद्वयले केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिटी बैठकको प्रस्ताव तयार पार्न नसकेका कारण बैठक स्थगित भएको हो ।

स्रोतका अनुसार सचिवालय बैठकमै अध्यक्षद्वयबीच बिवाद सुरु भएको थियो । तर, अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटीको बैठकका लागि प्रस्ताव तयार गर्न भन्दै अाज एक्ला एक्ले भेटवार्ता समेत गरेका थिए ।

स्रोतका अनुसार स्थायी कमिटीको बैठकको मिति भने पछि तय गरिने छ ।

प्रतिक्रिया दिनुहोस