कोरोना परीक्षणका लागि सांसदहरुको स्वाब संकलन सुरु

नौलो समाचार संवाददाता
२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ७१२ पटक पढिएको
कोरोना परीक्षणका लागि सांसदहरुको स्वाब संकलन सुरु

बैशाख २५, काठमाडौं । भाेलि (शुक्रबार) संघीय संसदको बजेट अधिवेशन सुरु हुनुअघि आज (बिहीबार) सबै सांसद र कर्मचारीको कोरोना भए–नभएको जाँच गर्न स्वाब परीक्षण गरिँदै छ।

बानेश्वरस्थित संसद भवनमा सांसदहरुको स्वाब संकलन सुरु भएको छ।

संसदका सबै सांसदको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदको स्वाब संकलन संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा गरिने संसद सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस